


दमौली, २२ मंसिर । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले आयोजना गर्न लागेको छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सव विपी वनवाटिकामा हुने भएको छ ।
व्यास नगरपालिकाले व्यास नगरपालिका-३ स्थित विपी वनवाटिकामा महोत्सव आयोजना गर्न अनुमति दिएको छ ।
खेलमैदान नबिग्रने र महोत्सवबाट प्राप्त रकम मध्ये केही रकम खेलकुद विकासमा छुट्याउने गरी अन्तिम पटक महोत्सव गर्न दिने निर्णय भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
