व्यासमा गुनासो व्यवस्थापनका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा गुनासो व्यवस्थापनका लागि नगर प्रमुखको संयोजकत्वमा समिति गठन

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०८२, सोमबार

    दमौली, २२ मंसिर । व्यास नगरपालिकामा गुनासो व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिका अन्तर्गत विभिन्न विषयहरूमा आउने गुनासाहरूको सुनवाई एवं व्यवस्थापन गर्न नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा पॉच सदस्यीय स्थानीय गुनासो व्यवस्थापन समिति गठन गरिएको हो ।

    सोमबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित निर्माण सम्पन्न एवं निर्माणाधिन योजनाहरुको भुक्तानीका लागि सम्बन्धित शिर्षकमा स्रोत अभाव भएमा अन्य आय प्राप्त शीर्षकबाट पछि शोध भनी हुने गरी भुक्तानी गर्ने र अनुमोदनका लागि आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि निर्णय भएका नियमानुसार टेन्डर गर्नुपर्ने योजनाहरूको मिति २०८२/०९/०४ गतेभित्र टेन्डर प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।आर्थिक वर्ष २०८२/८३ मा गरिएका अनुमानित आयहरूको मूल्याङ्कन गरी आवश्यकता अनुसार आय अनुमानलाई यथार्थ परक संशोधन गरी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्न सम्बन्धित समितिलाई जिम्मा दिने निर्णय गरिएको जनाइएको छ ।