


दमौली, २३ मंसिर । व्यास नगरपालिका-३ विपी वनवाटिकास्थित कभर्ड हल खेलकुद विकास समिति तनहुँमार्फत् सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो ।
नगरपालिकाको सोमबार सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत् सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
