बन्दीपुर केबलकार आज बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार आज बन्द

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८२, मंगलवार

    दमौली, २३ मंसिर ।पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार आज मङ्गलबार बन्द हुने भएको छ । केबलकार सेवालाई अझ सुरक्षित र विश्वसनीय बनाउन, नियमित प्रोटोकल अनुसार मासिक रुपमा अनुगमन, जाँच तथा मर्मत सम्भारका लागि प्रत्येक महिनाको अन्तिम मङ्गलबार केबलकार सेवा बन्द हुँदै आएको छ ।

    स्काइ साइक्लिङ, जिपलाइन, घुमाउने घर, रेष्टुरेण्ट लगायतका सेवा भने सुचारु रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ ।