एमाले महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र प्रदान

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८२, मंगलवार

    दमौली, २३ मंसिर । नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि तनहुँबाट निर्वाचित प्रतिनिधिलाई मङ्गलबार प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका संयोजक शिवदत्त ढकालले महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

    तनहुँ क्षेत्र नम्बर १ बाट हरिराज कंडेल, प्रेम राना, फूलमति थापा, मनुमाया श्रेष्ठ, मदन तिमिल्सिना, क्षेत्र नम्बर २ बाट श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्र ढकाल, बिर्सना श्रेष्ठ, विष्णु पराजुली, उज्ज्वल खनाल र दलितबाट भरत लामगादे निर्वाचित भएका छन् ।