


दमौली, २३ मंसिर । शुक्लागण्डकीका युवा नेता मनराज गुरुङ कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा जोडिएका छन् । केही समय अगाडी साविक नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीबाट राजिनामा दिएका गुरुङले मंगलबार फेसबुकमार्फत् सो जानकारी गराएका हुन् ।
कुलमानसँगको तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘राजनीतिको लोडसेडिङ हटाउन समृद्धिको बत्ती बालौं ।’
