कांग्रेस तनहुँले मंसिर २६ भित्र प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँले मंसिर २६ भित्र प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गर्ने

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०८२, बुधबार

    दमौली, २४ मंसिर । नेपाली कांग्रेस तनहुँले मंसिर २६ गतेभित्र प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम जिल्लाका दुवै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्न चाहनेको नामावली सङ्कलन गरिएकामा २६ गतेभित्र केन्द्रमा सिफारिस गरिने कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

    उनका अनुसार प्रत्यक्षतर्फ दुई पुरुष र एक महिला तथा समानुपातिकतर्फ एक पुरुष र एक महिलाको नाम सिफारिस गर्न पार्टीले निर्देशन दिएको छ । ‘दुवै क्षेत्रीय समितिको आज बैठक छ, उम्मेदवारबीच छलफल राखिएको छ,’ उनले भने ।

    तनहुँ-१ को प्रत्यक्षतर्फ शंकर भण्डारी, गोविन्द भट्टराई, दीपक भट्टराई, रामचन्द्र पोख्रेल, रेशम गुरुङ, डा. जगदीशचन्द्र पोख्रेल, उदयराज गौली, उद्धव पौडेल, सरिता गुरुङ, श्याम मौराती, पुरुषोत्तम खनाल, रमेशबाबु भट्टराईले नाम दर्ता गराएका छन् ।

    तनहुँ-२ को प्रत्यक्षतर्फ शंकर भण्डारी, प्रदीप पौडेल, पुष्प पराजुली, चाम थापा र चुडामणि खनालले नाम दर्ता गराएका छन् ।

    यस्तै तनहुँ-१ मा समानुपातिकका लागि १२ जना र तनहुँ-२ मा समानुपातिकतर्फ दुई जनाले नाम दर्ता गराएका छन् ।