तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएको छैन : क्षेत्रीय सभापति खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएको छैन : क्षेत्रीय सभापति खनाल

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०८२, बुधबार

    दमौली, २४ मंसिर । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले दिउँसो १२ बजेसम्म उम्मेदवार सिफारिस नभएको बताएका छन् । उनले अहिलेसम्म उम्मेदवार हुन इच्छुकको नाम सङ्कलन गर्ने काम भएको बताउँदै अहिलेसम्म सिफारिस नभएको जानकारी दिएका हुन् ।

    क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, महाधिवेशन प्रतिनिधि चाम थापा र क्षेत्रीय सभापति चुडामणि खनालले नाम दर्ता गराएका छन्।