कुलमान घिसिङ आइतबार तनहुँ आउने, विकास निर्माण निरीक्षणसँगै जनतासँग भेट्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुलमान घिसिङ आइतबार तनहुँ आउने, विकास निर्माण निरीक्षणसँगै जनतासँग भेट्ने

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८२, बिहीबार

    दमौली, २५ मंसिर । भौतिक पूर्वाधार तथा यातायात, जलस्रोत तथा उर्जामन्त्री कुलमान घिसिङ आइतबार तनहुँ आउने भएका छन् । जिल्लाका विभिन्न ठाउँका विकास निर्माणका योजना अनुगमन र जनभेटघाटका लागि मन्त्री घिसिङ तनहुँ आउन लागेका हुन् ।

    बिहान ९ बजे कोत्रेमा स्वागत तथा जनभेटघाटमा सहभागी हुने घिसिङ ९:३० बजे शुक्लागण्डकी नगर सभा हलमा स्वागत तथा अन्तरक्रियामा सम्बोधन गर्नेछन् ।

    १०:३० बजे जिपि कोइराला श्वासप्रश्वास केन्द्रको निरीक्षण गर्ने उनले ११ बजे भिमाद लखनचोकमा जनभेटघाट गर्नेछन् । ११:३० श्रृङ्ग मार्गको अनुगमनसँगै मिछुर्लुङमा अन्तरक्रिया गर्ने उनले १२:३० बजे खैरेनीटार मगर समाज भवनमा जनभेटघाटमा सहभागी हुनेछन् ।

    यस्तै १:३० बजे मादी पुलको निरीक्षणसँगै भेटघाटमा उनले सहभागिता जनाउने सचिवालयले जनाएको छ ।