केन्द्रीय सदस्यद्वय भण्डारी र पौडेल सहित तनहुँ-२ बाट सात जना सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केन्द्रीय सदस्यद्वय भण्डारी र पौडेल सहित तनहुँ-२ बाट सात जना सिफारिस

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८२, शुक्रबार

    दमौली, २६ मंसिर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँले क्षेत्र नम्बर २ बाट दुई जना केन्द्रीय सदस्य सहित सात जनाकाे नाम सिफारिस गरेकाे छ ।

    प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, क्षेत्रीय सभापति चुडामणि खनाल, महाधिवेशन प्रतिनिधि चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ ।

    समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम सिफारिस गरिएको छ ।