


दमौली, २६ मंसिर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेस तनहुँले केन्द्रीय सदस्य गाेविन्द भट्टराई सहित दश जनाकाे नाम सिफारिस गरेकाे छ ।
प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराई, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, महासमिति सदस्य सरिता गुरुङ, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई, महासमिति सदस्य पुरुषोत्तम खनाल, उद्धव पौडेल र क्षेत्रीय सभापति श्याम कुमारी मौराती सिफारिस भएका छन् ।
यस्तै समानुपातिकतर्फ दलिततर्फ डोवाटे विक र यमुना विक, महिलातर्फ चिनु पोख्रेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ, एलिजा ढकाल, अपाङ्ग अल्पसङ्ख्यकतर्फ प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, साहिदा खातुन र अन्यतर्फ समुन्द्र गोदार र हरिदत्त पौडेल सिफारिस भएका छन् ।
