रास्वपा व्यास नगरले तोक्यो १० वटा वडाको अधिवेशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा व्यास नगरले तोक्यो १० वटा वडाको अधिवेशन

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८२, आईतवार

    दमौली, २८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले नगरका दश वटा वडाको अधिवेशन तोकेको छ । नगर समितिको शनिबार बसेको बैठकले नगरभित्रका दश वटा वडाको अधिवेशन तोकेको हो ।

    नगर सभापति चुडामणि दाहालले पुस २ गतेदेखि २९ गतेसम्म वडा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।

    पुस २ गते व्यास १३, पुस ३ गते व्यास २, पुस ५ गते व्यास १, पुस १० गते व्यास ५, पुस १२ व्यास ४, पुस १९ गते व्यास ११, पुस २२ व्यास ३, पुस २६ गते व्यास ८, पुस २७ गते व्यास १४ र पुस २९ गते व्यास ६ को वडा अधिवेशन तोकिएको छ ।