मुग्लिन पोखरा सडकको काम चाँडै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडकको काम चाँडै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८२, आईतवार

    दमौली, २८ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन पोखरा सडकको काम चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको आज निरीक्षण गर्दै मन्त्री घिसिङले सडकको काम चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

    मन्त्री घिसिङले पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्मको हालसम्मको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पश्चिम खण्डमा हालसम्म ५९ दशमलब ७६ प्रतिशत भौतिक र ४७ दशमलब ८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८ दशमलब ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलब ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलब ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलब ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

    उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्य बमोजिम ११ वटै पुल बनेका छन् ।

    ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलब ५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलब २ किलोमिटर नाला निर्माण सम्पन्न भएको जनाइएको छ ।

    विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो ।