


दमौली, २९ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तनहुँ जलविद्युत आयोजनाको २८ मंसिर २०८२मा स्थलगत निरीक्षण गरेका छन् ।
उनले आयोजनाको प्याकेज—१ र २का संरचना निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगति, निर्माणका क्रममा बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा तनहुँ हाइड्रोपावर लि.का पदाधिकारी, आयोजना सुपरीवेक्षण परामर्शदाता र निर्माण व्यवसायीहरुसँग छलफल गरेका थिए ।
