


दमौली, २९ मङ्सिर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गर्नु पहिलो कर्तव्य भएकाले सोही अनुसार कार्य गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको साेमबार साँझ निरीक्षणपश्चात् प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका छन्। कार्कीले समसामयिक विषयवस्तु र सेवा प्रवाहमा सुधार ल्याउन आग्रह गरे ।
प्रहरी महानिरीक्षक कार्कीलाई तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।
त्यसक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समेत सहभागी थिए ।
