माहेन्द्री माविमा लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा आकस्मिक कक्ष निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माहेन्द्री माविमा लायन्स क्लव अफ तनहुँ सत्यवतीद्वारा आकस्मिक कक्ष निर्माण

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०८२, मंगलवार

    दमौली, १ पुस । व्यास नगरपालिका-९ गजौडेस्थित माहेन्द्री माविमा लायन्स क्लब अफ तनहुँ सत्यवतीद्वारा आकस्मिक उपचार कक्ष निर्माण गरी हस्तान्तरण गरिएको छ । विद्यालयको ५२ औं वार्षिकोत्सवका अवसरमा नेपाल लायन्स फाउन्डेसनबाट प्राप्त रकम र लायन्स क्लब अफ तनहुँ सत्यवतीका सदस्यबाट उपलब्ध आर्थिक सहयोगबाट आकस्मिक उपचार कक्ष निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

    लायन्स आकस्मिक उपचार कक्षको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एल नेपालका को– चिफ एड्भाइजर लायन चुडामणी दाहाल, व्यास(९ का वडा अध्यक्ष सुरेश थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु आचर्यबाट संयुक्त रुपमा मंगलबार उद्घाटन गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि को-चिफ एडभाइजर दाहालले लायन्स सामाजिक कार्यमा सक्रिय संस्था रहेको बताए । लायन्स क्लव अफ तनहुँ सत्यवतीका अध्यक्ष सीता वैद्यको अध्यक्षतामा कार्यक्रममा नेशनल एपोलो हस्पिटलको डा. निश्चल न्यौपानेद्वारा शिक्षक, विद्यार्थी एवं समुदायको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । कार्यक्रममा जोन चेयरपर्सन पवित्रा खनाल, पूर्व अध्यक्षहरु बिमला सैजु, रामशोभा श्रेष्ठ, राधिका परियार, प्रथम उपाध्यक्ष गिता श्रेष्ठ, कोषाध्यक्ष सुनिता चन्द लगायतको उपस्थिति रहेको थियो ।