


दमौली, ४ पुस । जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार एक कैदी एक सय एक दिनपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गत भदौ २४ गते तनहुँ जिल्ला कारागारबाट फरार रहेका परियारलाई आज पक्राउ गरी तनहुँ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । निज नकबजनी चोरी मुद्धामा तनहुँ अदालतमा सजाय काटिरहेका थिए ।
