तनहुँमा कटुवा पेस्तोल सहित युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा कटुवा पेस्तोल सहित युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०८२, शुक्रबार

    दमौली, ४ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट कटुवा पेस्तोल सहित शुक्रबार एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने १९ वर्षीय ओमबाबु प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५नम्बरको बसमा सवार निजलाई एक थान कटुवा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    निजलाई नियन्त्रणमा लिइ आँबुखैरेनी इलाका प्रहरी कार्यालयमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको विकले बताए ।