नायक पल शाहलाई ठकुरी समाज तनहुँद्वारा बाजागाजासहित स्वागत तथा सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नायक पल शाहलाई ठकुरी समाज तनहुँद्वारा बाजागाजासहित स्वागत तथा सम्मान

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८२, आईतवार

    दमौली, २७ पुस । लोकप्रिय अभिनेता नायक पल शाहलाई ठकुरी समाज तनहुँले बाजागाजासहित भव्य स्वागत एवं सम्मान गरेको छ।

    ठकुरी समाज तनहुँकी अध्यक्ष गीता मल्ल ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नायक शाहलाई समाजको तर्फबाट सम्मान गरिएकाे थियाे ।

    कार्यक्रममा बोल्दै अध्यक्ष गीता मल्ल ठकुरीले नायक पल शाहले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता स्रष्टालाई सम्मान गर्नु समाजको कर्तव्य भएको बताइन्।

    सम्मान ग्रहणपछि नायक पल शाहले ठकुरी समाज तनहुँप्रति आभार व्यक्त गर्दै तनहुँसँग आफ्नो विशेष आत्मीय सम्बन्ध रहेको बताए।