विशेष महाधिवेशनबाट तनहुँका तीन जना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विशेष महाधिवेशनबाट तनहुँका तीन जना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १ माघ २०८२, बिहीबार

    दमौली, १ माध । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट तनहुँका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बुधबार राति सकिएको महाधिवेशनबाट तनहुँका ध्रुव वाग्ले, चिनु पोख्रेल र प्रकाश पन्थ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

    वाग्ले खुल्ला, पोख्रेल महिला र पन्थ अपांगता तर्फबाट केन्द्रीय सदस्य चुनिएका हुन् ।

    कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।