


दमौली, १ माघ । चर्चित गायिका समिक्षा अधिकारीले दमौलीमा जारी छैटौ आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी छन्।
महोत्सवको मुख्य आकर्षणका रूपमा रहेकी समिक्षाले लोकप्रिय गीत सुनाउँदा दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो। उनका गीतमा दर्शक नाचे–गाएसँगै ताली र हुटिङमार्फत उत्साह प्रकट गरेका थिए।
कार्यक्रममा बोल्दै समिक्षाले दमौलीमा प्रस्तुति दिन पाउँदा खुसी लागेको बताइन्। उनले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सांस्कृतिक महोत्सवले नेपाली कला, संगीत र आदिवासी जनजातिको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
कार्यक्रममा सहभागी हुन चार घण्टासम्म प्रतीक्षा गरेका दर्शकसँग गायिका अधिकारीले माफी मागेकी थिइन् । निर्धारित समयमा कार्यक्रममा उपस्थित हुन नसकेकोमा उनले दर्शकप्रति दुःख व्यक्त गर्दै ढिला हुनुको कारण पनि खुलाएकी हुन्।
समिक्षाका अनुसार नेपालगञ्जबाट आउने फ्लाइट ढिलाइ भएकाले आफू समयमा कार्यक्रमस्थल पुग्न नसकेको बताइन्।

