शुक्लागण्डकी हत्याकाण्ड : अनुसन्धान हुँदै, छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीकाे भनाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी हत्याकाण्ड : अनुसन्धान हुँदै, छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रहरीकाे भनाइ

    खबरपुञ्ज संवाददाता

    २ माघ २०८२, शुक्रबार

    दमाैली, २ माघ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित कसेरीघाट हत्या प्रकरणमा एक जना आरोपित पक्राउ भएपनि प्रहरीले अझै सार्वजनिक गरेको छैन । तीन जना हत्याको घटनामा प्रमाणहरु जाँचबुझ भइरहेकाले प्रहरीले आरोपित सार्वजनिक नगरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार एक जना आरोपितलाई पक्राउ गरिएको थियो । प्रहरी स्रोतका अनुसार ती व्यक्तिले हत्याको स्वीकार गरेका छन् ।

    प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्ने बताए । प्रहरीले फेला पारेका प्रमाणहरु डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको उनको भनाइ छ । शुक्रबार पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसको अनुसन्धान भइराछ, अहिले तत्काल धेरै प्रमाणमा फरेन्सिक ल्याबबाट आउन बाँकी । केही कुराहरु भेरिफाइ गरेर फाइनल गर्छौं । आएपछि हामी जानकारी गराउदछौं ।’

    गत शनिबार विहान विभत्स रुपमा धारिलो हतियार प्रहार गरेको अवस्थामा शव फेला परेको थियो । दुई जना पुरुषको कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्रको बाहिर र महिलाको खोजी गर्नेक्रममा त्यहाँबाट झन्डै ७०० मिटर डेढ किलोमिटर पर कसेरीघाटकै जंगलमा शव फेला परेको थियो ।

    घटनापश्चात प्रहरीले १५ जना बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । ‘पहिला हामीले १५/१६ जनासँग पनि सोधपुछ ग¥यौं’, एसपी कार्कीले सुनाए, ‘केही प्रमाणहरु पनि संकलन भाछन् । त्यसमा बुझि पनि रहेकाछौं । त्यसको फाइनल्ली आएपछि हामी जानकारी गराउँछौं ।’