गाछेपानीका भुजेल मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाछेपानीका भुजेल मृत फेला

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८२, शनिबार

    दमौली, ३ माघ । यहाँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा शुक्रबार एक युवा मृत फेला परेका छन् । मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी घर भई सोही नगरपालिकाको वडा नम्बर ५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सडकबाट अन्दाजी ४०/५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।

    बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई शुक्रबार साँझ ६ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ । —