तनहुँमा निर्वाचन प्रहरीका लागि मागभन्दा कम निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निर्वाचन प्रहरीका लागि मागभन्दा कम निवेदन

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८२, शनिबार

    दमौली, ३ माघ । आगामी निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको व्यवस्थापनका लागि तनहुँ जिल्लामा मागअनुसार निवेदन नपरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ५ सय ७३ जना प्रहरीको माग गरिएकोमा अन्तिम दिन शनिबारसम्म १ हजार ४ सय ३३ जनाले मात्र निवेदन दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार मागको तुलनामा १ सय ४० जनाको निवेदन कम परेको हो ।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पर्याप्त सुरक्षाकर्मी आवश्यक पर्ने उल्लेख गर्दै विकले उपलब्ध जनशक्तिको प्रभावकारी व्यवस्थापन गरिने बताए ।