स्वतन्त्र समूह जोशीद्वारा तनहुँ–१ र २ मा उम्मेदवारी दिने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वतन्त्र समूह जोशीद्वारा तनहुँ–१ र २ मा उम्मेदवारी दिने निर्णय

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०८२, आईतवार

    दमौली, ४ माघ । स्वतन्त्र समूह जोशीले तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ।

    आइतबार सम्पन्न समूहको विशेष जिल्ला स्तरीय भेलाले उक्त निर्णय गरेको हो। जिल्लाका विभिन्न तह र तप्काका प्रतिनिधि, शुभचिन्तक तथा स्थानीय अगुवाहरूको सहभागितामा सम्पन्न भेलामा तनहुँको वर्तमान राजनीतिक अवस्था र आगामी निर्वाचनका सन्दर्भमा विस्तृत छलफल गरिएको थियो।

    लामो समयदेखि तनहुँको समृद्धि र विकासका लागि क्रियाशील रहेको स्वतन्त्र समूह जोशीले परम्परागत राजनीतिक दलहरूबाट जनअपेक्षा पूरा हुन नसकेको निष्कर्ष निकाल्दै आम नागरिकको भावना, चाहना र जिल्लाको समग्र हितलाई मध्यनजर गरी निर्वाचनमा होमिने निर्णय गरेको सो समूहका नेता दीपकराज जोशीले जानकारी दिए।

    भेलाले निर्वाचन केन्द्रित विभिन्न उप–समितिहरू गठन गर्ने, टोल तथा वडा तहसम्म संगठन विस्तार गर्ने र जनताका वास्तविक मुद्दाहरू समेटेर चुनावी घोषणापत्र तयार गर्ने निर्णय समेत गरेको छ। सभाले तनहुँको सर्वाङ्गिण विकास नै समूहको मुख्य संकल्प रहने स्पष्ट पारेको छ।