


दमौली, ४ माघ । नेपाली कम्युनिस्ट पार्टी तनहुँले निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ।
सो पार्टीको आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर १ का लागि परिचालन समिति संयोजकमा हरिबहादुर चुमानलाई चयन गरेको छ भने प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी ओमकुमारी पौडेललाई दिइएको छ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का लागि परिचालन समिति संयोजकमा आशा कोइरालालाई चयन गरिएको छ भने प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी ओमराज आलेलाई प्रदान गरिएको छ।
सचिवालय बैठकले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै टोल र वडा तहसम्म अभियान विस्तार गर्ने, जनसम्पर्क र प्रचारप्रसारलाई प्रभावकारी बनाउने तथा निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ।
