तनहुँ–१ मा राप्रपाबाट धार्मिक अभियन्ता अभिषेक जोशी उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा राप्रपाबाट धार्मिक अभियन्ता अभिषेक जोशी उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०८२, आईतवार

    दमाैली, ४ माघ । तनहुँ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धार्मिक अभियन्ता अभिषेक जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

    राप्रपा तनहुँका पूर्व अध्यक्ष विनाेद घर्तीका अनुसार धार्मिक, सांस्कृतिक पहिचान र सनातन मूल्य–मान्यताको संरक्षणलाई मुख्य एजेन्डा बनाएर जोशी चुनावी मैदानमा उत्रिन लागेका हुन् । पार्टीले तनहुँ–१ लाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै त्यही पहिचानलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाइने जनाएको छ।

    उम्मेदवार जोशीले धर्म, संस्कृति, राष्ट्रियता र परम्परागत मूल्यको संरक्षणका लागि आफू उम्मेदवार बनेको बताएका छन् ।