


दमौली, ५ माघ । तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रीराम न्यौपानेलाई उम्मेदवार बनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार न्यौपानेले तनहुँ–२ को विकास, निर्माण र समृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
‘भिजन, काम र नतिजा’का आधारमा राजनीति गर्न चाहेको उल्लेख गर्दै न्यौपानेले जनताको विश्वास र समर्थनले मात्र यो जिम्मेवारी सम्भव हुने बताए ।
