


दमौली, ५ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराज प्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको सोमबार बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
डुम्रेतर्फबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बु घाइते भएका छन् । उनको टाउको र मुखमा चोट लागेको छ ।
