


दमौली, ६ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा मङ्गलबार तनहुँ–१ प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका क्रममा जोशीका समर्थक, शुभेच्छुकको सहभागिता थियो । उम्मेदवारी दर्तापछि जोशीले तनहुँ–१ का जनताको भावना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।