तनहुँ–१ मा एमालेबाट भगवती न्यौपानेको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा एमालेबाट भगवती न्यौपानेको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । तनहुँ–१ प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेबाट भगवती न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

    न्यौपाने पूर्वमन्त्री तथा पूर्व राष्ट्रिय सभा सदस्यसमेत हुन्। अनुभवी र स्थापित नेतृका रूपमा परिचित न्यौपानेको उम्मेदवारीले तनहुँ–१ को निर्वाचन प्रतिस्पर्धा थप रोचक बनेको छ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।