


दमौली, ६ माघ । नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ पुगेर भट्टराईले आफ्नो मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उपस्थिति रहेको थियो।
