


दमौली, ९ माघ । तनहुँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उज्यालो नेपाल पार्टीका मन्जिल रानाले अब युवाको पालो भएको बताएका छन् ।
उम्मेदवार रानाले भनेका छन्, ‘धेरै पार्टीहरू भन्छन् नाव जितेपछि युवालाई अवसर दिन्छौं। तर तनहुँ–१ का उम्मेदवारहरू हेर्दा प्रश्न उठ्छ युवालाई नेतृत्व गर्न कहिले दिने?”
युवाहरू अब अवसरको प्रतीक्षा गर्ने अवस्थामा नरहेको भन्दै थपे, ‘युवाहरू अब अवसर कुरिरहेका छैनन्। हामी जिम्मेवारी लिन तयार छौं ।’
रानाले देशको जनसांख्यिक संरचनामा युवाको संख्या ठूलो भए पनि निर्णय तहमा उनीहरूको उपस्थिति न्यून रहेको उल्लेख गर्दै अब वास्तविक नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताए। उनले बदलिँदो समय, प्रविधि र जनअपेक्षालाई बुझ्ने नयाँ पुस्ताको नेतृत्व बिना राजनीतिक परिवर्तन सम्भव नहुने धारणा राखे।
मन्जिल रानाको उम्मेदवारीलाई युवामुखी राजनीतिका रूपमा हेरिएको छ।