महिला टी-२० विश्वकप छनोट: नेपालको पहिलो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिला टी-२० विश्वकप छनोट: नेपालको पहिलो जित

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८२, शनिबार

    काठमाडौं, १० माघ ।  घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ ।

    टीयु क्रीकेट मैदानमा जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा उपकप्तान पूजा महत्तोले अर्धशतक प्रहार गरिन् ।

    उनले ३० बलमा ५२ रन बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्माले २२, बिन्दु रावल १५, सम्झना खड्का ९, कविता जोशी १, सीता रानामगर ११ र रुविना क्षेत्रीले २ रन बनाए । बलिङमा जिम्बाबेकी जोसेफिन न्कोमोले सर्वाधिक २ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।जिम्बाबेकी केलिस धलोभुले अविजित ५२ रन बनाइन् ।बलिङमा नेपालकी रिया शर्माले सर्वाधिक २ विकेट लिइन् ।

    सुरुवाती दुई खेलमा पराजित भएको नेपालले पहिलो जित निकालेको हो।