उत्खनन गरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    उत्खनन गरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल भेटियो

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८२, सोमबार

    दमौली, १२ माघ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेशीस्थित त्रिशूली नदीमा डुबेको गणपति डिलक्स बसको उत्खननका क्रममा मानव कङकाल फेला परेको छ ।

    गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन आज बसभित्र मानव कङ्काल भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान उनले बताए ।

    विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस गत पुस २६ गते तनहुँतर्फ भेटिएको थियो । सुरक्षाकर्मी र प्राविधिकको सहयोगमा उक्त बसको उत्खनन् कार्य भइरहेको थियो ।