भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा आफ्नो उम्मेदवारीः ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा आफ्नो उम्मेदवारीः ढकाल

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८२, सोमबार

    दमौली, १२ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ
    ढकालले देशमा व्याप्त भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा आफ्नो उम्मेदवारी भएको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ को बन्दीपुर गाउँपालिकाको विभिन्न वडामा भईरहेको चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै ढकालले अहिले भ्रष्टाचार र अनियमितताले आक्रान्त समाजमा भ्रष्टाचार अन्त्यकोलागि आफु उम्मेदवार भएको बताए ।

    अहिले जेनजी पुस्ताको मुख्य माग भ्रष्टाचारको अन्त्य नै भएको हुँदा आफ्नो एजेण्डा र जेनजीको एजेण्डा मिलेको बताए । जेनजीले उठाएको मागमा आफु पुर्ण रुपमा सहमत भएको भन्दै ढकालले आफु निर्वाचित भएमा भ्रष्टाचारको पुर्ण अन्त्यका लागि काम गर्ने बताए ।

    आफु विगतमा शिक्षण पेशामा रहँदा सुशसानको पक्षमा आवाज उठाएकै कारण जेलनेल भोगेको स्मरण गर्दै ढकालले भ्रष्टाचार विरोधी मुद्धामा शासकहरुले आफुलाई गलाउन नसकेको बताए । बन्दीपुरको समस्याको बारेमा आफु पुर्णरुपमा परिचित रहेको भन्दै उनले आफु निर्वाचित भएर गएमा विकासको कामलाई प्राथमिकतामा राखेर योजना ढकालले बताए । अहिले चारैतिर नेपाल
    कम्युनिष्ट पार्टीको लहर आएको हुँदा आफ्नो जित सुनिश्चित रहेको ढकालले दाबी गरे ।