सेती नदीमा बेपत्ता टेकबहादुर भेटिएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेती नदीमा बेपत्ता टेकबहादुर भेटिएनन्

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०८२, मंगलवार

    दमौली, १३ माघ । म्याग्दे गाउँपालिका–४ स्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन् ।

    आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर नदीकाे दह तथा भुमरीमा परेपछि उनी बेपत्ता भएका थिए । घटना लगत्तै स्थानीयवासी र प्रहरी टोलीले खोजी कार्य सुरु गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा निरन्तर खोजी कार्य जारी राखेको छ ।