


दमौली, १३ माघ । म्याग्दे गाउँपालिका- ५ ले ८० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई सम्मानस्वरूप चिसो मौसममा चिया वा तातो पानी पिउन सहज होस् भन्ने उद्देश्यले थर्मस र कप वितरण गरेको छ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षण स्थानीय सरकारको दायित्व भएको बताए।
“जेष्ठ नागरिकहरूले समाज र राष्ट्रका लागि पुर्याएको योगदानको कदर गर्नु हाम्रो कर्तव्य हो। सानो सहयोगले पनि उहाँहरूको दैनिक जीवनमा सहजता ल्याउने विश्वास लिएका छौँ,” अध्यक्ष श्रेष्ठले भने।