छाब्दीबाट डा. स्वर्णिम वाग्लेको चुनावी अभियान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीबाट डा. स्वर्णिम वाग्लेको चुनावी अभियान सुरु

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८२, बुधबार

    दमौली, १४ माघ । तनहुँ–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गरेका छन् ।

    हिन्दू आस्था, संस्कृति र संस्कारलाई शिरोपर गर्दै उनले व्यास नगरपालिका–१४ स्थित छाव्दी बाराही मन्दिरमा विशेष पूजा–अर्चना तथा दर्शन गरेर चुनावी अभियानको शुभारम्भ गरेका हुन् ।

    घरदैलो क्रममा डा. वाग्लेले स्थानीय बासिन्दाको समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्दै सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना र विकासको दीर्घकालीन खाका प्रस्तुत गरेका छन् ।