


दमौली, १५ माघ । तनहुँ–१ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले आफू जनताको सुख–दुःखमा सधैँ साथमा रहेको बताएका छन् ।
बिहीबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले तनहुँको भूगोल, यहाँका समस्या र सम्भावनालाई नजिकबाट बुझेको व्यक्ति आफू नै भएको बताए ।
“म यहाँ कति पटक आएँ भनेर स्पष्टीकरण दिनुपर्ने अवस्था छैन,” ढकालले भने, “जनतासँगको मेरो सम्बन्ध चुनावी मौसममा मात्रै होइन, निरन्तर रहँदै आएको छ। यही कारणले म समस्यालाई कागजबाट होइन, जीवनबाट बुझ्छु।”
उनले समस्या बुझ्ने मान्छेले मात्रै समाधान दिन सक्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
“विजय हुनेमा म ढुक्क छु,” उनले भने, “दोस्रो र तेस्रो को हुन्छ भनेर पछाडि फर्किएर हेरेका छैनौ ।’’
