तनहुँमा अस्थायी मतदाताको विवरण सङ्कलन गरिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अस्थायी मतदाताको विवरण सङ्कलन गरिँदै

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८२, सोमबार

    दमौली, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाताको विवरण सङ्कलन थालिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले अस्थायी मतदाताको विवरण सङ्कन सुरु गरेको कार्यालय प्रमुख विकास लम्सालले जानकारी दिए।

    अस्थायी मतदाताका रुपमा जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी रहनेछन् । अस्थायी मतदाताका लागि समानुपातिकमा मत हाल्ने व्यवस्था मिलाइने लम्सालले बताए।

    लम्सालले भने, “मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीले अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।”

    निर्वाचनका लागि उम्मेदवार घरदैलोमा व्यस्त रहँदा कार्यालयले आन्तरिक कामहरुलाई तीव्रता दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवालासँग आचारसंहिता र सुरक्षा व्यवस्थाबारे छलफल गरिसकेको छ ।