महर्षि वेदव्यासको भूमिलाई विश्वसामु चिनाउन उम्मेदवार बनेको हूँ : राप्रपा उम्मेदवार जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महर्षि वेदव्यासको भूमिलाई विश्वसामु चिनाउन उम्मेदवार बनेको हूँ : राप्रपा उम्मेदवार जोशी

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८२, सोमबार

    दमौली, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अभिषेक जोशीले महर्षि वेदव्यासको भूमिलाई विश्वसामु चिनाउने उद्देश्यसहित तनहुँ–१ बाट आफ्नो उम्मेदवारी दिएको बताएका छन् । चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै जोशीले तनहुँ धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्वपूर्ण जिल्ला भए पनि यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुग्न नसकेको उल्लेख गरेका छन् ।

    उनले वेदव्यास जन्मभूमि, देवघाट क्षेत्र, सेती–मादी जस्ता धार्मिक तथा प्राकृतिक सम्पदालाई योजनाबद्ध रूपमा विकास गर्न सके तनहुँ विश्वकै धार्मिक तथा आध्यात्मिक गन्तव्य बन्न सक्ने दाबी गरे। “महर्षि वेदव्यासको भूमिलाई विश्वमा चिनाउन चाहन्छु, त्यसैले तनहुँ–१ मा मेरो उम्मेदवारी हो,” जोशीले भने।