


दमौली, २२ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्सा, जिरा भवानी गाउँपालिका–५ निवासी ५२ वर्षीय राम करण प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
निजले लगाएको ज्याकेटको अगाडिको दाहिने खल्तीभित्र खाममा पोको पारी राखिएको अवस्थामा ७५० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा मानिसहरूको नियमित चेकजाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३–०२–००९ प ३२९१ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
