प्रेस युनियन तनहुँका अध्यक्ष मियॉको बिदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस युनियन तनहुँका अध्यक्ष मियॉको बिदाई

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८२, बिहीबार

    दमौली, २२ माघ । प्रेस युनियन तनहुँका अध्यक्ष, अग्रज पत्रकार शेष मोहम्मद हनिफ (गोरा) मियॉको निधनले तनहुँ मात्र नभएर सम्पूर्ण पत्रकारिता र सामाजिक जगतलाई शोकमग्न बनायो। उनको अन्तिम बिदाईमा उपस्थित सबैका आँखामा आँसु थामिन सकेन।

    श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू शंकर भण्डारी, गोविन्द भट्टराई, पूर्व गृहमन्त्री गोविन्दराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतका व्यक्तित्वहरू सहभागी भए। विभिन्न संघ–संस्थाबाट आएका साथी र शुभेच्छुकहरूले स्व. मियॉको योगदान सम्झिँदै भावपूर्ण श्रद्धासुमन अर्पण गरे।