विपन्न चन्द्रमायालाई खाद्यान्न सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपन्न चन्द्रमायालाई खाद्यान्न सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८२, शुक्रबार

    दमौली, २३ माघ । भानु नगरपालिका–५ मा बसोबास गर्दै आएकी ५७ वर्षीया चन्द्रमाया विकलाई खाद्यान्न सामग्री तथा उहाँकी छोरीका लागि कपी–कलम सहयोग गरिएको छ ।

    आर्थिक रूपमा विपन्न अवस्थामा रहेकी विकको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो । आफ्नो जन्मदिनको अवसरमा समाजसेवाप्रति चासो राख्दै आएकी बबिता मल्ल ठकुरी उक्त सहयोग गरेकी हुन् ।

    सामाजिक अभियान्ता सुदीप गफ्फारले शुक्रबार उक्त सामग्री प्रदान गरेका थिए ।