


दमौली, २४ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ पसलेबाट स्कोरपियोको ठक्करबाट शनिबार बिहान पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली बस्ने ५२ वर्षीया जीवनमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च ९४९४ नम्बरको स्कोरपियोको ठक्करबाट घाइते विकलाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।
म्याग्दे गाउँपालिका–२ पसलेमा आफन्तको घरमा गइ फर्किने क्रममा ठक्करबाट घाइते विकको अनुहार, पेटमा चोट लागेको थियो ।
