


दमौली, २५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँको भानु नगरपालिका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
यसअघि डा. वाग्लेले व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर क्षेत्रका विभिन्न स्थानमा घरदैलो गरेका थिए ।