नेपाल स्कटल्याण्ड विरुद्ध सात विकेटले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल स्कटल्याण्ड विरुद्ध सात विकेटले विजयी

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८२, मंगलवार

    काठमाडाै, ५ फागुन । नेपालले टी-२० विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको छ । स्कटल्यान्डमाथि ७ विकेटको जित निकाल्दै नेपालले सान्त्वना जित हात पारेको छ ।

    मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

    स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे ।