


दमौली, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार दमौलीमा सरसफाई गरिएको छ। मूल समारोह समितिको आयोजना र व्यास नगरपालिका-३ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको संयोजनमा बुधबार व्यास-३ प्रशासनचोक, खुल्ला चौर आसपास सरसफाई गरिएको हो ।
सरसफाईमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास-३ का वडाध्यक्ष अनुप राना, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, दमौली बजार इकाई सभापति शेषराज श्रेष्ठ लगायत, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।
प्रजातन्त्र दिवस तीन दिन विविध कार्यक्रम गरी मनाइँदैछ ।