तनहुँको भूगोलले चिनेको उम्मेदवार भएकाले मतदाताको साथ छ : ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको भूगोलले चिनेको उम्मेदवार भएकाले मतदाताको साथ छ : ढकाल

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०८२, बुधबार

    दमौली, ६ फागुन । नेपाली कम्युनिष्ट पार्टीबाट तनहुँ–१ का उम्मेदवार विद्यानाथ ढकाल यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

    तनहुँको भूगोल, समाज र यहाँका जनताका समस्या नजिकबाट बुझेका ढकालले गाउँ–गाउँ, टोल–टोल पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

    घरदैलो अभियानका क्रममा मतदाताहरूले सडक, खानेपानी, सिँचाइ, युवाहरूको विदेश पलायन र किसानका समस्याबारे खुलेर कुरा राखेका छन्। ढकालले जनताको भावना र सुझावलाई आफ्नो प्रतिबद्धताको आधार बनाउँदै “जनताको चाहना अनुसार काम गर्ने” अठोट व्यक्त गरेका छन्।

    उनले तनहुँ–१ लाई विकास, सुशासन र समान अवसरको केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै जनताको साथ, समर्थन र विश्वासले आफू थप उत्साहित भएको बताएका छन्।

    घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई नै आफ्नो मुख्य शक्ति बनाउँदै ढकालले अभियानलाई निरन्तरता दिइरहेका छन्।